Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ जेठ १ आइतबार ०९:०७:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

कांग्रेसले भत्कायो एमाले किल्ला, धनगढीमाईको दुई वडामा कांग्रेसको प्यानल नै विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ १ आइतबार ०९:०७:००

नेकपा एमालेको किल्ला मानिएको सिराहाको धनगढीमाई नगरपालिका १ र १४ मा वडाध्यक्षको प्यानलसहित नेपाली कांग्रेसले जित निकालेको छ । धनगढीमाई– १ मा कांग्रेसका सूर्यनाथ यादव र १४ मा अमित ठकुरी प्यानलसहित विजयी भएका हुन् । वडाध्यक्ष पदमा यादव सात सय ४८ मतसहित विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी निवर्तमान वडाध्यक्षसमेत रहेका नेकपा एमालेका सूर्यनारायण महतो कोइरीले पाँच सय ४४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धनगढीमाईले जनाएको छ । 

बहुदलीय व्यवस्था पुनर्स्थापना भएयताका हरेक निर्वाचन जित्दै आएको एमालेले यसपल्ट धनगढीमाई– १४ आफ्नो पक्षमा पार्न सकेन । नगर र जिल्लाकै दुर्गम मानिने उदयपुसँग जोडिएको १४ नम्बर वडाध्यक्षमा कांग्रेसका युवा नेता ३० वर्षीय अमित ठकुरी पाँच सय २२ मतसहित प्यानल नै विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी एमालेका ५२ वर्षीय नरेन्द्र सुनुवार तीन सय ३८ मतमै सीमित भएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका ठरेन्द्र राई तीन सय २४ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका थिए । 

जोगिएन बिरासत 
बहुदलीय व्यवस्था पुनर्स्थापनापछि ०४६ भदौ ९ देखि १४ गतेसम्म धनगढीमाई– १४ मा पर्ने साबिकको विष्णपुरकट्टी गाविस सर्रे अम्बासमा भएको तत्कालीन नेकपा मालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव निर्वाचित गरेको थियो । त्यसयता भएका हरेक निर्वाचनमा एमालेले जित्दै आएको उक्त गाविस नगरपालिकाको १४ नम्बर कायम भएपछि एमालेका राई पहिलो वडाध्यक्ष निर्वाचित भएका थिए । अघिल्लो स्थानीय निर्वाचनसमेत जितेको एमालेले यसपल्ट निवर्तमान वडाध्यक्ष राईलाई उम्मेदवार बनाएको भए जित्ने सम्भावना भए पनि सुनुवारलाई टिकट दिएपछि एमालेले विरासत जोगाउन नसकेको स्थानीय बताउँछन् ।