१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ३१ शनिबार २२:०५:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काठमाडौं महानगरको मतगणनाः बालेनको अग्रता निरन्तर,पछ्याउँदै स्थापित र सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ३१ शनिबार २२:०५:००

काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवाती अग्रता कायम राखेका छन् । शनिबार बिहान साढे ९ बजेबाट जारी मतगणनाको १२ घण्टासम्म शाहले अग्रता जारी राखेका हुन्। स्थानीय तहमध्ये महत्वपूर्ण मानिएको महानगरमा शाहले सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सिर्जना सिंह र नेकपा (एमाले) का तर्फबाट उम्मेदवार रहेका केशव स्थापितलाई पछाडि पारिरहेका छन्।

महानगरपालिकाको जारी मतगणनामा  १,२,३,४ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ। राति साढे ९ बजेसम्म २२८३ मतगणना हुँदा शाहले ७३६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी स्थापितले ६२० मत प्राप्त गरेका छन् भने सिंहले ४२६ मत प्राप्त गरेकी छिन्। शनिबार मतगणना सुरु भएसँगै बालेनले सुरुवातबाटै अग्रता लिएका थिए। बालेनको निरन्तरको अग्रताले प्रतिस्पर्धा रोचक बनेको छ।

बालेनको निरन्तरको अग्रतापछि उनका समर्थहरू उत्साहित बनेका छन्। शाहका समर्थकले दिनभर मतगणनास्थल राष्ट्रिय सभागृहबाहिर उनको पक्षमा नाराबाजी गरेका थिए। उनीहरूले अबको महानगरको मेयरमा शाहको जित सुनिश्चित भएको भन्दै हर्षोल्लााससहित नाराबाजी गरिरहेका छन्।