Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ बैशाख ३१ शनिबार १४:२२:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मनाङको नासो गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर  गुरुङ बिजयी 

Read Time : > 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार १४:२२:००

हिमाली जिल्ला मनाङको नासों  गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ बिजयी भएका छन। 

कांग्रेसका गुरुङ ८ सय २०  मत ल्याएर बिजयी भएका हुन्।  उनका प्रतिद्वन्द्वी एमालेका मनबहादुर गुरुङले ६ सय ४६ मत ल्याएका छ्न्। गठबन्धन उम्मेदवार माओवादी केन्द्रका बेदबहादुर गुरुङले उपाध्यक्षमा  ९  सय १३  मत ल्याएका छन्। 

एमाले समर्थनका स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४  सय ९६ मत ल्याएका छन्। मनाङको नासो  १ मा एमालेका मिनराशी गुरुङ १६४ मतका साथ निर्वाचित भएका छन्। प्रतिद्धन्दी कांग्रेसका ललिता गुरुङ ६७ मत ल्याएका छन्। 

वडा २ मा एमालेका रवी गुरुङ १०० मत ल्याएर विजयी भएका छन्। कांग्रेसका अर्जुन गुरुङले ७८ मत ल्याएका छन्। वडा नं. ३ मा कांग्रेसका निलराम गुरुङ ६८ मत ल्याएर विजयी भएका छन्। एमालेका बीरबहादुर गुरुङले ५७ मत ल्याएका छन्। वडा  ४ मा माओवादी केन्द्रका धर्मजंग गुरुङ यसअघि नै निर्विरोध, वडा  ५ मा कांग्रेसका थुतेन लामा, ६ मा पुष्पबहादुर गुरुङ र ७ मा ओमबहादुर गुरुङ यसअघि नै निर्विरोध भइसकेका छन्।

वडा नम्बर ८  मा  कांग्रेसका  याद घले  बिजयी भएका छ्न्। उनका प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार  लिला बहादुर घलेले ७८ मत ल्याएका छ्न्। यस्तै नासो गाउँपालिका ९ को वडाध्यक्षमा ६७ मत ल्याएर एमालेका मिङमा छिरिङ बिस्ट बिजयी भएका छ्न् भने कांग्रेसका  साङ्गे वाङ्चुक लामाले ५३ मत ल्याएका छ्न्। 

मनाङको सवैभन्दा तल्लो क्षेत्र नासों गाउँपालिकामा १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत अर्थात ८३  प्रतिशत मत खसेको थियो। 

मनाङको नासो गाउपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र बिच गठबन्धन भएको थियो। ०७४ को निर्बाचनमा पनि कांग्रेसले उक्त गाउँपालिका जितेको थियो। मनाङको ४ वटै गाउँपालिकाको मतपरिणाम आइसकेको छ जसमा दुई गाउँपालिका चामे र मनाङ ङिस्याङको प्रमुख एमालेले जितेको छ। मनाङको नासो गाउपालिका र नार्पभुमी गाउँपालिका प्रमुख काग्रेसले जितेको छ।