मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख ३१ शनिबार ११:०१:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सर्वदलीय बैठकमा लहानका निर्वाचन अधिकृत बेहोस, पुनः बैठकका लागि दलीय प्रतिनिधि बोलाइँदै

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार ११:०१:००

सिराहाको लहान नगरपालिकामा शुक्रबार भएको मतदानपछि  मतगणनाका लागि शनिबार बिहान बोलाइएको सर्वदलीय बैठकको सुरुमै नेकपा एकीकृत समाजवादीबाट मेयर पदका प्रत्याशीले व्यक्तिगत ढंगले लाञ्छना लगाएपछि निर्वाचन अधिकृत बेहोस भएका छन् । 

स्थानीय तहको निर्वाचन अन्तर्गत लहान नगरपाकिाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेल ग्रामीणस्थित भूसंरक्षण कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान सवा ८ बजेतिर बेहोस भएको सहायक निर्वाचन अधिकृत संजय साहले बताए । ‘बैठक सुरु भएको करिब १५ मिनेटपछि नेकपा एसबाट मेयर पदका प्रत्यासी विनोदकुमार साहले निर्वाचन अधिकृतलाई व्यक्तिगत ढंगले विभिन्न लाञ्छना लगाएपछि बेहोस हुनुभयो’ सहायक निर्वाचन अधिकृत साहले भने ‘त्यसपछि बैठक रोकेर तत्काल एम्बुलेन्समा अस्पताल पुर्‍याई सामान्य उपचारपछि क्वार्टर ल्याइएको छ, उहाँको अवस्था ठीक भएपछि पुनः मतगणना सुरु गर्न सर्वदलीय बैठकका लागि दलीय प्रतिनिधिहरुलाई बोलाइँदै छ ।’

भूगोल र मतदाताको हिसावले जिल्लाकै सबैभन्दा ठूलो लहान नगरपालिकामा शुक्रबार भएको मतदानमा कुल ५६  हजार एक सय ९६ मतदातामध्ये ४१ हजार नौ सय ७७ मत खसेको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचन नेकपा एमालेले मेयर, उपमेयरसहित २४ मध्ये नौ वडाध्यक्ष जितेको थियो । यो पटक एमालेले पुनः निवर्तमान मेयर मुनि साह सुडी, उपमेयर सरियारकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ । 

पाँच दलीय गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका महेशकुमार चौधरी मेयर, जनता समाजवादी पार्टीका रामचलितर महतो उपमेयर उम्मेदवार छन् । लहान नगरपालिकामा १२ स्वतन्त्रसहित २१ जना मेयर पदका उम्मेदवार छन् ।