मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७५ फाल्गुण ३० बिहीबार १४:१०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

वसन्तपुरमा ठड्याइयाे ध्वजापतासहितको तीन खण्डे चीर [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण ३० बिहीबार १४:१०:००

काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापतासहितको तीन खण्डे होलीको चीर ठड्याइएको हो । चीर ठड्याएसँगै काठमाडौंलगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । होली पर्वको शुभारम्भ भएको जनाऊ दिन बसन्तपुरमा चीर ठड्याउने गरिएको धालासिक्व मानन्धर सनाः गू खलःका सचिव मदनरत्न मानन्धरले जानकारी दिए । 

बिहीबार बिहान ११ : ५५ मिनेटको साइतमा वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाईको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङगी चीर ठड्याइएको हो । चीर ठड्याएपछि गुर्जुको पल्टनबाट हर्षबढाई गरिएको थियो ।