मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ३० शुक्रबार १९:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सेनाको हेलिकोप्टरद्वारा हुम्ला र धनगढीबाट दुईजनाको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ३० शुक्रबार १९:४९:००

नेपाली सेनाको सुर्खेतस्थित एयर बेसबाट हुम्ला र धनगढीबाट दुईजनाको उद्धार भएको छ । हुम्लामा दलहरूबीच झडपका बीचमा टाउकोमा गम्भीर चोट लागेका कार्यालय सहयोगी र धनगढीमा हृदयघात भएका सशस्त्र प्रहरीका डिएसपीलाई सेनाले हेलिकोप्टरबाट उद्धार गरेको हो । 

शुक्रबार हुम्लामा भएको झडपका क्रममा घाइते भएका कार्यालय सहयोगी काला रोकायालाई हुम्लाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत ल्याएको छ । सेनाका अनुसार ५२ वर्षीय थापा चंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा भएको झडपमा घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको छ । 

सेनाले हृदयघातका कारण जोखिममा रहेका सशस्त्र प्रहरीका डिएसपी लक्ष्मण थापालाई धनगढीबाट नेपालगन्जसम्म उद्धार गरेको छ । पाइलट प्रमुख सेनानी दीपध्वज खड्का र पाइलट सहसेनानी अच्युतराज पाठकको टोलीले हुम्लाका कार्यालय सहयोगी र धनगढीका डिएसपीलाई उद्धार गरेको सेनाको पश्चिम कमान्ड मुख्यालयले जनाएको छ ।