मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ३० शुक्रबार १७:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवाद्वारा स्याङ्जा दुर्घटनाप्रति दु:ख व्यक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ३० शुक्रबार १७:२१:००

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जामा भएको जिप दुर्घटनाको घटनाप्रति दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने क्रममा जिप दुर्घटनामा परी १४ जनाको ज्यान गएको घटनाप्रति  विज्ञप्तिमार्फत दु:ख व्यक्त गरेका हुन्। 

उनले दुर्घटनामा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। स्याङ्जाको वालिङ नगरपालिका–१४, पञ्चमूल अर्चलबासमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी १४ जनाको ज्यान गएको थियो। दुर्घटनामा ११ जना घाइते भएका छन् ।  

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहान १०ः२० बजे ग २ च ३०२६ नम्बरको डबल क्याब पिकअप सडकबाट झन्डै डेढसय मिटर तल खसेर दुर्घटना भएको हो ।  स्थानीय तहको निर्वाचनमा मतदान गर्न सिघ्रेदेखि वालिङतर्फ आउने क्रममा जिप सडकबाट खसेको थियो ।

No description available.