मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सोनी राई सोलुखुम्बु
२०७९ बैशाख ३० शुक्रबार १४:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

०७४ को निर्वाचन बहिष्कार गरेका तिलाङ्वासी यसपटक मतदानमा सहभागी

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
२०७९ बैशाख ३० शुक्रबार १४:००:००

सोलुखुम्बुको तिङलाका मतदाता २५ वर्षपछि स्थानीय तहको निर्वाचनमा सहभागी बनेका छन्। संघीय पुनःसंरचनामा नेचासल्यानमा समावेश गरिएको तिङ्लालाई सोलुदुधकुण्ड नगरपालिकामा गाभ्न माग गर्दै २०७४ सालको निर्वाचन बहिष्कार गरेका तिङ्लाका मतदाता माग सम्बोधनपछि अहिलेको स्थानीय तहको निर्वाचनमा उत्साहपूर्ण सहभागिता जनाइरहेका छन्।

नेपालकै एक मात्र वडा हो तिङ्ला, जहाँ अघिल्लो तीनै तहको निर्वाचन बहिष्कार गरिएको थियो। अपायक पर्ने पालिकामा गाभिएको भन्दै तिङ्लाका बासिन्दाले यसअघिको चुनाव बहिष्कार गर्दै आएका थिए।

तिङ्लाली बासिन्दाको माग सम्बोधन गर्दै सोलुदुधकुण्ड नगरपालिका ११ कायम गरिएसँगै मतदान गर्न उत्साहजनक सहभागिता जनाइरहेका छन्। स्थानीय संरचना बनेपछि पहिलोपटक भएको निर्वाचनमा एकजना पनि जनप्रतिनिधि नहुँदा स्थानीयले सरकारी काम लिन सास्ती खेप्नुपरेको थियो। 

२०७४ को स्थानीय चुनावमा २ हजार ४ सय ७६ मतदाता रहेको तिङ्लाका ५ वटै मतदान केन्द्रमा एकजना मतदाता पनि भोट खसाल्न नगए पछि निर्वाचन आयोगको टोली रित्तो मतपेटिका लिएर सदरमुकाम फर्किएको थियो। यसपटक भने मतदाता संख्या बढेर २ हजार ८ सय २८ रहेको छ।