मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ३० शुक्रबार १०:३९:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काठमाडौंका हरेक समस्या समाधान गर्छु : सिर्जना सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ३० शुक्रबार १०:३९:००

काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले क्षेत्रपाटीको पकनाजोल मतदानस्थलबाट मतदान गरेकी छिन्।

सत्तागठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिंहले क्षेत्रपाटीको पकनाजोल मतदानस्थलबाट मतदान गरेकी हुन्। मतदान गरेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले काठमाडौंलाई व्यापारिक केन्द्र बनाउने घोषणा गरिन्। 

मेयरकी उम्मेदवार सिंहले देशमा कांग्रेसले मात्रै विकास र समृद्धि गर्ने भन्दै कांग्रेस र गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गरिन्।

‘म आफू जित्छु भनेर ढुक्क छु। हाम्रो पार्टी नेपाली कांग्रेसले मात्रै देशमा समृद्धि ल्याउँछ। आर्थिक उन्नति गर्छ त्यसैले नेपाली कांग्रेसका उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई जिताइदिनुहोला। काठमाडौंलाई व्यापारिक केन्द्र, पर्यटकीय केन्द्र बनाउन आएको छु। यहाँका समस्यालाई समाधान गर्छु। काठमाडौंलाई सफा गरेर देखाउँछु,’ उनले भनिन्।

मेयरकी उम्मेदवार सिंहले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै जितपछि काठमाडौंका हरेक समस्या समाधान गर्ने बताइन्।