Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २९ बिहीबार २१:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सक्षम प्रतिनिधि छनोटका लागि अभिमत प्रदान गर्न गृहमन्त्रीको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २९ बिहीबार २१:०२:००

गृहमन्त्री बालकृष्ण खाणले निर्भयतापूर्वक विवेकसम्मत रूपले आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न मतदातामा अनुरोध गरेका छन् । बिहीबार एक अपिल जारी गर्दै गृहमन्त्री खाणले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्न, विधिको शासनलाई सुदृढ गरी निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउन र जनस्तरसम्म शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गरी विकासको प्रतिफल जनताको घर आँगनसम्म पुर्याउनका लागि निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन मतदाताहरूमा आग्रह गरेका छन् । 

उनले सरकार स्वच्छ, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । 

यस्तो छ गृहमन्त्रीको अपिल
जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूले निर्माण गरेको नेपालको संविधान २०७२ ले नेपाली जनतालाई सार्वभौम बनाएको छ । संविधान निर्माणपश्चात् दोस्रोपटक यही वैशाख ३० गते मुलुकभर एकै चरणमा स्थानीय तह निर्वाचन हुँदै छ । सरकारले सुरक्षा व्यवस्थासम्बन्धी र निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा गरिसकेको छ । 
सरकार स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ । 
सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी र बुबाआमाहरूले निर्भयतापूर्वक विवेकसम्मत रूपले आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोट गर्न आफ्नो अमूल्य अभिमत प्रदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु । 
संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्दै विधिको शासनलाई सुदृढ बनाई निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउँदै जनस्तरसम्म  शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गर्दै विकासको प्रतिफल जनताको घर आँगनसम्म पुर्याउन निर्वाचनमा सक्रिय रूपमा सहभागी भइदिनुहुन सम्पूर्ण मतदाताहरूलाई विनम्रतापूर्वक आग्रह गर्दछु । 
यहाँको अभिमतले देश र देशवासीको समृद्धिमा सहयोग पुर्याउनेछ भन्ने विश्वास लिएको छुँ । 
 
जय नेपाल !

बालकृष्ण खाण
गृहमन्त्री, नेपाल सरकार