मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर ४ मंगलबार ०३:०५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

प्रकाशको स्मृति सभामा रोकिएन प्रचण्ड परिवारको आँसु (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर ४ मंगलबार ०३:०५:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छोरा प्रकाशको पहिलो स्मृति सभामा भक्कानिएका छन् ।

ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आफ्ना एक्ला छोरा प्रकाशको पहिलो स्मृति सभामा बोलिरहँदा प्रचण्ड भक्कानिएका हुन् । उनले एक वर्ष अघि छोराको निधन हुँदा पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको तर सिंगो राष्ट्र र सबैको सहयोगमा आफू दुवै सम्हाल्न सफल भएको स्मरण गरे । उनले प्रधानमन्त्री केपी ओलीले सम्हालिन गरेको आग्रहलाई स्मरण गर्दै शोकलाई शक्तिमा बदलेर राष्ट्रहितमा निरन्तर लागि रहने प्रण गरे ।

कार्यक्रममा प्रचण्डसँगै रहेकी पत्नी सिता सभाभर भावविह्वल अवस्थामा रहिन् । मंचमा रहेकी सितालाई छोरीहरुले सम्हालेका थिए । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरुलगायतको उपस्थिति रहेको थियो ।

एक वर्ष अघि प्रचण्डपुत्र प्रकाशको हृदयघातका कारण निधन भएको थियो ।