१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख २८ बुधबार १७:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शैक्षिक संस्थाहरूको लागि दिइने हिउँदे, बर्खे र स्थानीय बिदा कटौती 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख २८ बुधबार १७:२४:००

सरकारले शैक्षिक संस्थाहरूको लागि दिइने हिउँदे, बर्खे र स्थानीय बिदा कटौती गर्ने निर्णय  गरेको छ। सातामा दुई दिन बिदा दिने निर्णय लागू हुने भएपछि  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो। अब शिक्षकहरूले वर्षभरिमा शनिबार र आइतबारबाहेक अधिकतम ३० दिनसम्म बिदा पाउनेछन्। 

मन्त्रालयले यस नियमलाई कार्यान्वयन गराउन सम्बन्धित नगरपालिका, सिटिइभिटी र विश्वविद्यालय अनुदान आयोगलाई निर्देशन दिएको छ। विद्यालयका हकमा सम्बन्धित नगरपालिकाले निर्णय गर्नेछन्। त्यस्तै, प्राविधिक शिक्षाको हकमा सिटिइभिटी र विश्वविद्यालयको सम्बन्धमा विश्व विद्यालय अनुदान आयोगले निर्णय गरी कार्यान्वयन गराउन सक्ने मन्त्रालयले जनाएको छ । 

यस्तै, सरकारले जेठबाट शिक्षण संस्थाहरू हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ। मन्त्रालयले हप्तामा दुई दिन बिदा दिन थालेपछि शुक्रबार पनि बिहान १० देखि अपराह्न ४ बजेसम्म विद्यालय समय तोकेको छ ।