मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ बैशाख २८ बुधबार १०:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुपन्देहीमा २०८ मतदानस्थल, १२ हजार कर्मचारी परिचालन

Read Time : < 1 मिनेट
२०७९ बैशाख २८ बुधबार १०:२८:००

रुपन्देहीमा स्थानीय निर्वाचनका लागि मतदानस्थलहरूमा कर्मचारी तथा सुरक्षाकर्मीहरू मंगलबारबाट खटिएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मंगलबारबाट कर्मचारी तथा सुरक्षाकर्मी मतदानस्थलहरूमा खटिएको बताए । 

रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीका अनुसार रुपन्देहीका दुई सय आठ मतदानस्थलमा सात सय मतदान केन्द्र रहेका छन् । यी केन्द्रहरूमा झन्डै १२ हजार कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

रुपन्देहीमा तीन लाख २३ हजार सात सय ७८ पुरुष, तीन लाख आठ हजार पाँच सय ७४ महिला, आठ अन्य गरी ६ लाख ३२ हजार तीन सय ६० मतदाता रहेका छन् । यहाँ एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । यहाँ सबैभन्दा धेरै मतदाता बुटवल उपमहानगरपालिकामा ९० हजार ६५ रहेका छन् ।