मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख २७ मंगलबार ०९:५६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आज राति १२ बजेदेखि ७२ घण्टा नेपालगन्ज नाका पूर्ण रूपमा बन्द

Read Time : < 1 मिनेट
२०७९ बैशाख २७ मंगलबार ०९:५६:००

नेपाल–भारत सीमानाका मंगलबार मध्यरातबाट पूर्ण रूपमा बन्द हुने भएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी नेपाल–भारत सीमानाका ७२ घण्टाका लागि बन्द हुन लागेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका सीमानाका बन्द गर्न लागिएको उनले बताए ।

वैशाख २७ गते मध्यरात १२ बजेदेखि ३० वैशाख राति १२ बजेसम्म सीमानाका बन्द हुनेछ । यस अवधिमा कुनै पनि सवारीसाधन सञ्चालन हुन नपाउने बताउँदै प्रमुख जिल्ला अधिकारी भने, ‘सर्वसाधारणलाई आउजाउमा समेत रोक लगाइनेछ ।’  ‘एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाउने गरी ७२ घण्टाका लागि नेपाल–भारत सीमानाका बन्द हुनेछ,’ उनले भने । 

यसैबीच, स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी नेपाल–भारत सीमानाकामा कडाइ गरिएको छ । निर्वाचनलाई असर गर्ने मनसायले भारतबाट साना हतियार ओसारपसार हुन सक्ने सम्भावनालाई मध्यनजर गरी नाकामा कडाइ गरिएको हो ।

उनले सीमामा दुई देशका सुरक्षाकर्मीले नियमित रूपमा संयुक्त गस्ती गर्दै आएकोसमेत बताए । ‘खुला नाका भएकोले अवैध हातहतियार भित्रिन सक्ने खतरालाई मध्यनजर गरी दुई देशका सुरक्षाकर्मीले नियमित रूपमा संयुक्त गस्तीलाई पनि तीव्रता दिइएको छ,’ प्रजिअ खत्रीले भने ।