मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दीपक भट्ट रामेछाप
२०७९ बैशाख २६ सोमबार १३:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले रामेछापले गर्‍याे स्वतन्त्र उम्मेदवारी दिनेलाई कारबाही

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ बैशाख २६ सोमबार १३:४०:००

नेकपा एमाले रामेछापले दुई जिल्ला कमिटी सदस्यलाई कारबाही गरेको छ। पार्टीको नीतिविपरीत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका मन्थली नगरपालिका– १३ फुलासीकी भगवती चौहान र पार्टीको जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहेका कृष्ण पौडेललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीका सबै जिम्मेवारीबाट हटाइएको नेकपा एमाले रामेछापले जनाएको छ।

पार्टीका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको नीति र विधिविपरीत कार्य गरेका दुई सदस्यलाई कारबाहीस्वरूप पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ।’ रामेछापमा नेकपा एमालेबाहेक अन्य पार्टीहरूले भने स्वतन्त्र रूपमा उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारलाई हालसम्म भने कारबाही गरेका छैनन्।