मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ बैशाख २६ सोमबार १२:०४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हवानाको होटेलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

Read Time : < 1 मिनेट
२०७९ बैशाख २६ सोमबार १२:०४:००

क्युवाको राजधानी हवानाको मध्यक्षेत्रमा रहेको एउटा होटेलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ। सो सुविधासम्पन्न होटेलमा गत शुक्रबार विस्फोट भएको थियो। त्यसमा परी आइतबार थप पाँचजनाको ज्यान गएको छ। सोसमेत गरी विस्फोटमा परेर ज्यान गुमाउनेको संख्या ३० पुगेको अधिकारीहरूले जानकारी दिएका छन्।

उक्त दुर्घटनामा परी ज्यान जानेमा एकजना स्पेनी पर्यटक पनि रहेका बताइएको छ। त्यसमा ती पर्यटकसहित ३० जनाको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ। सो दुर्घटनामा परेर अन्य कम्तीमा ८४ जना घाइते भएका छन्। ती घाइतेहरू पनि अधिकांश जलेका बताइएको छ।

होटेलको ग्यास चुहावटका कारण शक्तिशाली विस्फोट भएको क्युवाको राष्ट्रिय टेलिभिजनले जनाएको छ। यस दुर्घटनाको उद्धारको काम जारी रहेको पनि सो टेलिभिजनले जनाएको छ।  दुर्घटनापछि भग्नावशेषमा पुरिएका मानिसहरू जीवित पाइने आशामा खोजी जारी राखिएको क्युवाली अधिकारीले बताएका छन्। तर, अब भने मानिसहरूकाे जीवितै उद्धारको सम्भावना नरहेको उनीहरूको भनाइ छ। रासस/सिन्ह्वा