Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ बैशाख २५ आइतबार १७:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँचदलीय गठबन्धनको कुनै विचार र सिद्धान्त छैन : ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
२०७९ बैशाख २५ आइतबार १७:४७:००

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ पाँचदलीय गठबन्धनको कुनै विचार र सिद्धान्त नभएको टिप्पणी गरेका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले गठबन्धनको कुनै राजनीतिक मान्यताहरू नभएको र एमालेविरुद्ध खडा मात्र भएको बताए।

आइतबार एमाले त्रियुगा नगरपालिकाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले भने, ‘गठबन्धनको कुनै विचार, सिद्धान्त छैन, राजनीतिक मान्यताहरू छैनन्। एउटै कुरा छ, एमालेको विरोध गर्ने, एमालेलाई समाप्त पार्ने, केपी ओलीलाई समाप्त पार्ने योजना बोकेर पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, शेरबहादुर देउवा सँगै घाँटी जोडेर हिँडिरहेका छन्।’

उनले गठबन्धनका गतिविधि रोक्दै देश बनाउने सपनाहरू जगाउनको निम्ति जनताले एमाले रोज्नुपर्ने दाबी गरे। उनले भने, ‘देशभरिका स्वाभिमानी नागरिकहरूले आर्थिक विकास, समृद्धि र स्वतन्त्रताको अगुवाइ गरेको केन्द्र एमाले रोज्नुको विकल्प छैन,’ पोखरेलले थपे।

गठबन्धनप्रति आक्रामक बनेका पोखरेलले अघि भने, ‘देशभर एक हजार चार सय रणनीतिक महत्वका सडकहरू थिए। ती सडक बनाउन एकै दिन शिलान्यास भयो। बजेट छुट्याइयो, योजना बनाइयो। तर, अहिले गठबन्धनको सरकारले रोक्यो। ती सडकहरू बनाउने काम केको लागि रोकियो ? यसको बारेमा बुझ्नुपर्ने जरुरी छ।’