मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख २५ आइतबार ११:२९:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

हुम्लाका ५४ मतदान केन्द्रमा खटिए २५४ कर्मचारी

Read Time : < 1 मिनेट
२०७९ बैशाख २५ आइतबार ११:२९:००

स्थानीय तह निर्वाचनका लागि हुम्लाका ५४ मतदान केन्द्रमा दुई सय ५४ कर्मचारी खटिएका छन्। ५४ मतदान केन्द्रमा जिल्लाबाट दुई सय ५४ कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ।

शनिबारसम्म ३४ मतदान अधिकृतले मतपत्र बुझी लिएको  जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी  श्यामबहादुर रानाले जानकारी दिए। पाँच सयभन्दा कम मतदाता भएको मतदान केन्द्रमा चार र पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा पाँचजनाका दरले कर्मचारी खटिएका रानाले बताए। सात स्थानीय तहमा गरी जिल्लामा ६ मतदान अधिकृत कार्यालय रहेको छ।

जिल्लाका ५४ मतदान केन्द्रमा ५४ मतदान अधिकृत, ५४ सहायक मतदान अधिकृत, ५४ कार्यालय सहयोगी र ९२ जना सहायक कर्मचारी खटिएका उनको भनाइ छ।