Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ बैशाख २५ आइतबार १०:३९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुढीगण्डकी डुबान प्रभावितलाई चुनावअघि नै पहिलो चरणको मुआब्जा

Read Time : < 1 मिनेट
२०७९ बैशाख २५ आइतबार १०:३९:००

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण चुनावअघि सुरु गर्ने तयारी गरिएको छ । बुढीगण्डकी आयोजनाको पुनर्वास पुनस्र्थापना एकाइ कार्यालय सिउरेनीटारले एक साताभित्र पहिलो चरणको मुआब्जा विस्थापितको खातामा पठाउने तयारी गरेको जनाएको हो ।  

हाल तथ्यांक प्रमाणीकरणको कामले ढिलाइ भएको बताउँदै मुआब्जा वितरणका लागि तयारी अवस्थामा रहेको आयोजना एकाइ प्रमुख जगतकुमार श्रेष्ठले बताए । उनले भने, ‘फिल्डबाट ल्याएको विवरण रुजु गर्ने, विवरणअनुसार मुआब्जा रकम निकाल्ने काम भइरहेको छ ।’ एकै व्यक्तिको घर, गोठ, अन्य संरचना, फलफूल, बोटबिरुवा धेरै भएकाले रुजु गर्न समय लागेको उनले बताए । 

चुनावअघि पहिलो चरणको रकम निकासा हुने र बाँकी हरेक हप्ता दिनका बीचमा मुआब्जा वितरण गर्ने योजना रहेको उनले जानकारी दिए । चालू वर्र्ष मुआब्जा वितरण गर्न एकाइसँग ६ अर्बभन्दा बढी रहेको र अपुग रकम माग गरेर पनि मुआब्जा धामाधम वितरण गरिने आयोजना प्रमुख श्रेष्ठले बताए । 

कम्प्युटर प्रणालीबाटै अहिले रुजु गर्न मिल्ने गरी सफ्ट्वेयरमा अपलोड गरिएको छ । गोरखा र धादिङतर्फ गरी करिब ६ हजारवटा निवेदन संकलन भएको आयोजना कार्यालयले जनाएको छ । मुआब्जा निर्धारण भएसँगै कार्यालयले मुआब्जा पाउन योग्य व्यक्तिहरूलाई तत्काल निवेदन पेस गर्न भनेको थियो । अझै केहीले निवेदन पेस गर्न बाँकी रहेको उनले बताए ।

अहिले भाडामा लिएका जग्गाको संरचना, सरकारी जग्गा भएका, नखुलेका जग्गाका संरचनाको मुआब्जा कसरी दिने भन्ने समस्या आयोजना कार्यालयलाई परेको छ । जग्गाको मुआब्जा लिएको खातामा रकम जम्मा गर्ने वा नयाँ खाता खोल्न लगाएर मुआब्जा दिने भन्ने निर्णय भने जिल्ला मुआब्जा निर्धारण समितिले गरिसकेको छैन । सर्वसाधारणले यसअघि जग्गाको मुआब्जा प्रयोजनका लागि खोलिएको खातामा मुआब्जा रकम दिनुपर्ने माग गरेका छन् ।