१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ बैशाख २३ शुक्रबार १४:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले जनतासँग ९८ प्रतिशत झुट बोलेको छ : नैनसिंह महर

Read Time : < 1 मिनेट
२०७९ बैशाख २३ शुक्रबार १४:५७:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ०७४ को निर्वाचनमा नेकपा एमालेले धेरै स्थानीय तहमा जित हासिल गरे पनि जनभावनाअनुरूप काम नगरेको आरोप लगाएका छन्। शुक्रबार डडेल्धुरामा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले एमालेले घोषणापत्रमा लेखेको भन्दा ठीक उल्टो व्यवहार गरेको बताए ।

‘घोषणापत्रमा वाचा गरेअनुरूप एमालेले दुई प्रतिशत मात्रै काम गरेको छ। ९८ प्रतिशत झुट बोलेको छ । अब एमालेको झुटको खेती टिक्दैन,’ उनले भने । उनले कांग्रेसले आफूले गर्न नसक्ने विषय घोषणापत्रमा समेटेर जनतामा भ्रम नछर्ने दाबी गरे।  ‘हामीलाई सधैँ जनताको माझमा जानु छ। भ्रम छरेर एकपटक त चुनाव जितिएला । तर, वास्तविकता बुझिसकेपछि जनताले हैसियत देखाइदिने छन्,’ उनले भने।

नेता महरले दुईतिहाइको सरकार हाँकेका ओलीको कार्यकालमा भएको विकासको हिसाब जनताले खोज्ने वेला आएको बताए ।