Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ बैशाख २२ बिहीबार १५:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो : रामचन्द्र पौडेल (भिडियोसहित)

Read Time : < 1 मिनेट
२०७९ बैशाख २२ बिहीबार १५:४६:००

नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेलले पाँचदलीय गठबन्धन वर्तमान परिस्थितिको उपज भएको बताएका छन् । बिहीबार चितवनमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले नेकपा माओवादी केन्द्र कांग्रेसको प्रतिस्पर्धी नभएको बताए । ‘ओली प्रवृत्ति एमाले पार्टीसँग छ । एमाले हाम्रो प्रतिद्वन्द्वी हो । प्रचण्ड होइन, माओवादी केन्द्र होइन, छैन,’ नेता पौडेलले भने, ‘त्यसकारण माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो । गठबन्धन अहिलेको परिस्थितिको उपज हो ।’

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  निरंकुशता लाद्न खोजी जनमतको दुरुपयोग गरेर देशलाई खलबल्याउन थालेपछि आफूले गठबन्धनको आह्वान गरेको उनले बताए । देशको विकासलाई अलमल्याउन र खलबल्याउन ओली कतैबाट निमित्त बनेर आएको कुरा सबै जनताले बुझ्नुपर्ने उनको भनाइ थियो । 

पाँचदलीय गठबन्धनले कांग्रेसलगाायत सबैलाई फाइदा पुर्‍याएको उनले बताए ।