मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख २२ बिहीबार ०९:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारी दुर्घटनापछि फरार भएका चालक पक्राउ 

Read Time : < 1 मिनेट
२०७९ बैशाख २२ बिहीबार ०९:०९:००

दुर्घटनामा परेर बाबुछोरीको मृत्यु

कास्की लेवाडेमा सवारी दुर्घटनापछि फरार भएका चालकलाई प्रहरीले चार दिनपछि काठमाडौंबाट पक्राउ गरेको छ । १८ वैशाखमा कास्कीको अन्नपूर्ण गा.पा. वडा नं. १ लेवाडेस्थित पोखरा–बाग्लुङ सडकखण्डमा पोखराबाट पूर्वतर्फ जाँदै गरेको ग.३च ३५२५ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग.१८प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट मोटरसाइकलमा सवार पर्वतको मोदी गाउँपालिका– ४ बस्ने मोटरसाइकलचालक वर्ष ४६ का जितबहादुर पुन र उनकी छोरी वर्ष १८ की सुजिता पुन घाइते भएका थिए ।

घाइतेमध्ये छोरी सुजिताको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो भने जितबहादुरको पोखरास्थित एक अस्पतालमा उपचारको क्रममा १९ गते मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

घटनापछि  पर्वतकाे कुश्मा नगरपालिका– १ बस्ने वर्ष २७ का कार चालक एन्जिल बम मल्ल फरार रहेका थिए । चालक फरार भएपछि उनलाई पक्राउ गर्न भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा घेराउसँगै पोखरा २५ स्थित याम्दीमा चक्काजामलगायत आन्दोलन गरेका थिए । त्यसपछि दबाबमा परेको प्रहरीले चालकको खेजीकार्य तीव्र पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले महानगरीय प्रहरी वृत्त महाराजगन्जको समन्वयमा चालकलाई पक्राउ गरेको हो । प्रक्राउ परेका चालक मल्ललाई बुधबार कास्की जिल्ला अदालतबाट सवारी तथा यातायात व्यवस्था ऐन, २०४९  मुद्दामा सात दिनको म्याद थपको अनुमति लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।