मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २२ बिहीबार ०७:१२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पुलिसका दुवै टोली विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २२ बिहीबार ०७:१२:००

नेपाल पुलिस क्लबको महिला तथा पुरुष टोलीले राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा जित निकालेका छन् । राष्ट्रिय खेलकुद परिषद्मा बुधबार सम्पन्न महिलातर्फ पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले हरायो । पुरुषमा पु्लिसले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गर्‍यो ।

महिलातर्फको अर्को खेलमा नेपाली सेनाले न्यु डायमन्ड क्लबलाई २५–१६, २५–१२, २५–१२ ले पराजित गरेको छ ।महिलातर्फ पुलिस र सेनाले समान तीन खेलबाट ६ अंक बनाएका छन् । नेपाल एपिएफ क्लबले तीन अंक हात पारेको छ । एभरेस्टले दुई अंक र न्यु डायमन्डले एक अंक बटुलेको छ । 

राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुषतर्फ हेल्प नेपालले एपिएफमाथि ३–१ को जित निकाल्यो । हेल्प नेपालले एपिएफलाई २५–२२, २५–१९, २८–३० र २५–२३ ले पराजित गर्‍यो । पुरुषतर्फ पुलिसले सर्वाधिक नौ अंक जोडेको छ । नेपाली सेनाले नौ तथा हेल्प नेपालले आठ अंक हात पारेका छन् ।