१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
भवानीश्वर गौतम काठमाडाैं
२०७९ बैशाख २२ बिहीबार ०६:०२:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मावि शिक्षकको प्रारम्भिक परीक्षा : पाँच प्रदेशमा चार विषयका सबै अनुत्तीर्ण

Read Time : > 1 मिनेट
२०७९ बैशाख २२ बिहीबार ०६:०२:००

शिक्षा सेवा आयोगले स्थायी शिक्षकका लागि सञ्चालन गरेको माध्यमिक तहको प्रारम्भिक परीक्षामा पाँच प्रदेशमा चार विषयका सबै परीक्षार्थी अनुत्तीर्ण भएका छन् । मधेसमा स्वास्थ्य शिक्षा, बागमतीमा व्याकरण, सुदूरपश्चिम र प्रदेश १ मा संस्कृत भाषा तथा लुम्बिनीमा संस्कृत साहित्यमा प्रारम्भिक परीक्षामै नतिजा शून्य आएको हो । 

आयोगले मधेसमा स्वास्थ्य शिक्षा र बागमतीमा व्याकरणमा एक–एकजना माग गरेको थियो । त्यस्तै, संस्कृत भाषाका लागि सुदूरपश्चिममा एक र प्रदेश १ मा दुई शिक्षक मागेको थियो । लुम्बिनीमा संस्कृत साहित्यमा पनि एकजना मात्रै मागेको थियो । आवेदन पनि थोरै परेका यी सबैमा प्रारम्भिक नतिजा शून्य रहेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए । प्रारम्भिक परीक्षामै कोही उत्तीर्ण नभएपछि विषयगत परीक्षामा उम्मेदवारको संख्या शून्य हुने भएको छ । 

देशभरको कुल आवेदनमा पनि उत्तीर्ण कम 
मधेस प्रदेशमा एक सय ११ शिक्षक माग भएकामा एक सय २० मात्रै उत्तीर्ण, विषयगत परीक्षा उत्तीर्ण सहज हुने निश्चित

शिक्षक सेवा आयोगले देशभर एक हजार पाँच सय ५२ शिक्षकका लागि गरेको विज्ञापनमा ३५ हजार पाँच सय ५७ ले आवेदन दिएका थिए । ३२ हजार ९७ परीक्षामा सहभागी भएका थिए । तर, प्रारम्भिक परीक्षामै उत्तीर्ण दर भने निकै कम छ । आयोगका सूचना अधिकारी मरहठ्ठाले परीक्षामा ३२ हजार ९७ सहभागी भएकामा तीन हजार आठ सय ८६ मात्र उत्तीर्ण भएको बताए, जुन १२ प्रतिशत मात्रै हो । 

कतिपय प्रदेशमा प्रारम्भिकमै मागको हाराहारीमा मात्रै उत्तीर्ण भएकामा उनीहरूलाई विषयगत परीक्षा सहज हुने निश्चित भएको छ । मधेस प्रदेशमा एक सय ११ शिक्षक माग गरेकामा दुई हजार १५ आवेदकमध्ये जम्मा एक सय २० उत्तीर्ण भएका छन् ।

कर्णालीमा पनि मागअनुसार उत्तीर्ण संख्या कम छ । एक सय सात शिक्षक माग भएकामा एक सय ९१ मात्र उत्तीर्ण भएका छन् । यहाँ एक हजार चार सय ७३ आवेदन परेका थिए । त्यस्तै, सुदूरपश्चिममा एक सय १७ माग भएकामा तीन सय ६५ उत्तीर्ण भएका छन् । यहाँ तीन हजार चार सय ८७ आवेदन परेका थिए । 

प्रदेश १ मा कुल एक सय १० सिटका लागि आठ हजार ७१ उम्मेदवार रहेकामा नौ सय ८८ उत्तीर्ण भएका छन् । बागमतीमा तीन सय २८ शिक्षक मागिएकामा आठ सय ९२ उत्तीर्ण भएका छन् । जहाँ ६ हजार दुई सय २६ आवेदन परेका थिए । त्यस्तै, गण्डकीमा तीन सय २१ का लागि ६ हजार चार सय ७४ आवेदन परेकामा आठ सय ६५ उत्तीर्ण भएका छन् । लुम्बिनीमा भने एक सय ५८ का लागि विज्ञापन भएकामा चार सय ६५ परीक्षार्थी प्रारम्भिक प्रतिस्पर्धामा उत्तीर्ण भएका छन् । यहाँ चार हजार तीन सय ५१ ले आवेदन दिएका थिए । 

सूचना अधिकारी मरहठ्ठाले ठूलो संख्यामा अनुत्तीर्ण हुनुले विश्वविद्यालयका उत्पादनमै प्रश्न उब्जिएको बताए । आवेदकको संख्या धेरै भए पनि बुझेर अध्ययन गर्नेको संख्या कम भएको पाइएको उनले बताए । आयोगले १५ चैतमा सञ्चालन गरेको माध्यमिक तह परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको थियो । 

देशभरको कुल आवेदनमा पनि उत्तीर्ण कम 

शिक्षक सेवा आयोगले देशभर एक हजार पाँच सय ५२ शिक्षकका लागि गरेको विज्ञापनमा ३५ हजार पाँच सय ५७ ले आवेदन दिएका थिए । ३२ हजार ९७ परीक्षामा सहभागी भएका थिए । तर, प्रारम्भिक परीक्षामै उत्तीर्ण दर भने निकै कम छ । आयोगका सूचना अधिकारी मरहठ्ठाले परीक्षामा ३२ हजार ९७ सहभागी भएकामा तीन हजार आठ सय ८६ मात्र उत्तीर्ण भएको बताए, जुन १२ प्रतिशत मात्रै हो ।