१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ बैशाख २१ बुधबार २१:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा पहिरो : दुई बालकको मृत्यु, एक महिला घाइते 

Read Time : < 1 मिनेट
२०७९ बैशाख २१ बुधबार २१:५६:००

जुम्लाको तिला गाउँपालिका- २ मा पहिरो जाँदा दुई बालकको मुत्यु भएको छ । एक महिला घाइते भएकी छिन् । तिला गाउँपालिका २ डन्डेलीमा नयाँ घर निर्माणका लागि खनेको जगमाथिबाट सुख्खा पहिरो खस्दा तीन वर्षका शिशिर बोहोरा र ३ वर्षकै हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

रणबहादुर बोहोराको नयाँ घर निर्माणका लागि जम्मा गरिराखेको माटोको ढिस्कोमा पुरिएको दुई बालकको मृत्यु भएको हो । बोहोराकी श्रीमती लक्ष्मी बोहोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए । 

उनका अनुसार घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।  लक्ष्मी बोहोरा घरनिर्माणको काम गर्दैगर्दा मृतक दुई बालक खेल्न गएको हुन सक्ने प्रहरीले बताएको छ।