१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २० मंगलबार १६:४९:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मदनकृष्णको ‘एउटा सपना छ’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २० मंगलबार १६:४९:००

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ।  मंगलबार श्रेष्ठको ७२औँ जन्मदिनको अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो। गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ। 

गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छिन्। बिरामीका कारण स्मरणशक्ति गुमाएका हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा गीत समेटिएको छ। सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हुमागाईंले छायांकन र सम्पादन गरेका हुन्। गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत एउटा सपना छ को लेजेन्डरी भर्सन सार्वजनिक गरेका हुन्। 

भिडियो हेरेपछि वरिष्ठ कलाकार श्रेष्ठले आफूलाई हास्य कलाकारभन्दा धेरै गायक भनेको मन पराउने बताए।