मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ बैशाख २० मंगलबार १०:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ मा माओवादी केन्द्रका १४ बागी उम्मेदवारलाई  कारबाही 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ बैशाख २० मंगलबार १०:२९:००

माओवादी केन्द्र प्रदेश १ समितिले १४ जना बागी उम्मेदवारलाई कारबाही गरेको छ । पार्टीको निर्देशनलाई बेवास्ता गर्दै पालिका  निर्वाचनमा उम्मेदवारी दिएको भन्दै प्रदेश १ का विभिन्न जिल्लाका १४ जना उम्मेदवारलाई माओवादी केन्द्रले कारबाही गरेको हो । 

माओवादी केन्द्र प्रदेश १ समिति अध्यक्ष  हर्कबहादुर नेम्वाङका  अनुसार कारबाहीमा पर्नेहरूमा उदयपुर जिल्लाका ११, धनकुटा, ताप्लेजुङ र सुनसरीका एक–एक जना बागी उम्मेदवार छन् । 

कारबाहीमा परेका ११ जनालाई प्रदेश १ कमिटीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ । प्रदेश सदस्यहरू उदयपुर कटारी नपाका केपी बराल, त्रियुगा नपाका भीमबहादुर अधिकारी अनि प्रदेश विभाग प्रमुख यदु ढकालसहित तीनजनालाई कारबाहीका लागि  केन्द्रीय समितिमा सिफारिस गरेको माओवादी केन्द्र प्रदेश १ समिति  सचिव गणेश उप्रेतीले बताए । 

निलम्बनमा पर्नेहरूमा उदयपुर त्रियुगा नपा कमिटी अध्यक्ष सावित्रा थापा, लिम्चुङबुङ गाप सदस्य होमबहादुर राई र भीबहादुर राई, चौदण्डीगढी नगर उपाध्यक्ष कमध्वज राई, नगर सदस्य तिलक राई छन् । यसैगरी उदयपुरकै प्रदेश विभाग सदस्य दुर्गा बुर्जामगर, उदयपुर जिल्ला सदस्य रामप्रसाद बराल र सन्तोष सुवेदी छन् । धनकुटा जिल्ला सदस्य सीताराम श्रेष्ठ, सुनसरी बराहक्षेत्र नगर सदस्य राम विष्ट र ताप्लेजुङको  सिदिङबा गापा सदस्य जीवन ताम्लिङ छन् ।