मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २० मंगलबार ०९:२९:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सलिना बनिन् मिस नेवा: नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २० मंगलबार ०९:२९:००

काठमाडौँ चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को ताज जितेकी छिन् । नेप्लिज फेसन होमद्वारा आइतबार राति नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित १६औँ संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै सलिनाले ताज चुमेकी हुन् । 

उनलाई मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले मिस नेवाः नेपालको ताज पहिराइदिएकी थिइन् । सलिनाले ताजसहित नगद एक लाख रुपैयाँ प्राप्त गरेकी छिन् । साथै उनी नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दूत पनि नियुक्त भएकी छिन् । प्रतियोगितामा ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुर ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनरअप भए ।