मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १९ सोमबार २०:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी मैनालीलाई नातिकाजी राष्ट्रिय पत्रकारिता पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १९ सोमबार २०:१६:००

नयाँ पत्रिकाकर्मी दिवाकर मैनाली ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७७’ बाट पुरस्कृत भएका छन् । सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार मैनालीलाई नातिकाजी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेकी हुन् । यो पुरस्कारबाट पत्रकार विजयरत्न तुलाधर पनि पुरस्कृत भएका छन् ।

नातिकाजी स्मृति समाजले आयोजना गरेको नातिकाजी राष्ट्रिय विशिष्ट सम्मानतर्फ गायन विधामा नुपुर बनर्जी भट्टाचार्य सम्मानित भएकी छिन् । नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान बिबी थापा (रचना), नारयाणदास कार्की ढली (वाद्यवादन), शीला पन्त (रचना), सीताराम पोखरेल (गायन-रचना), प्रदीप उपाध्याय (साउन्ड इन्जिनियर), कुन्ती मोक्तान (गायन), प्रभु ढकाल (शास्त्रीय संगीत), हरिभक्त बुढाथोकी (रचना), राजकुमार श्रेष्ठ (अर्केस्ट्रा- संगीत), शीतल कादम्बेनी (रचना) र सहदेव ढुंगाना (रचना) लाई प्रदान गरिएको छ । यसैगरी, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार अरुण तिवारी (रचना), सन्तोष श्रेष्ठ (संगीत), निशा देशार (गायन) र शिव परियार (गायन) लाई प्रदान गरिएको छ । 

नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार डिपी दाहाल (रचना), अर्जुन पोखरेल (संगीत), सिन्धु मल्ल (गायन), अजर जंगम (गायन) तथा नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार अमृतहिरा तुलाधर योगी (सितार)लाई सम्मानसहित पुरस्कृत गरिएको छ । नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार एलिस कार्की ढली, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार कृष्ण कँडेललाई दिइएको छ ।