१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ बैशाख १७ शनिबार १३:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाघको आक्रमणबाट माहुतेको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ बैशाख १७ शनिबार १३:१३:००

बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते)को मृत्यु भएको छ। बारा कोल्बी नगरपालिका–१ घर भएका अन्दाजी २२ २३ वर्षका रमेश चौधरी थारुको हात्तीसार केन्द्रमा कार्यरत रहेकै अवस्थामा बाघले आक्रमण गरेको हो।

हिजो साँझ साढे ५ बजे उनलाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट घाँटीलगायत अन्य अंगमा चोट लागेको अवस्थामा उनको शव फेला परेको बताइएको छ।