मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख १७ शनिबार ११:५३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ओएससिईले युक्रेनमा विशेष निगरानी मिसन बन्द गर्ने

Read Time : < 1 मिनेट
२०७९ बैशाख १७ शनिबार ११:५३:००

युरोपमा सुरक्षा र सहयोग संगठनले युक्रेनमा विशेष निगरानी मिसन बन्द गर्न तत्काल कदम चाल्ने घोषणा गरेको  इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले उल्लेख गरेको छ। यो निर्णय मार्च ३१ मा संगठनको स्थायी परिषद्मा मिसनको जनादेश विस्तार गर्नका लागि सहमतिको अभावपछि आएको हो।

'यो निर्णय लिनु सजिलो होइन। हामीले विशेष अनुगमन मिसनको जनादेशको नवीकरण हासिल गर्न सहभागी राज्यहरूसँग राजनीतिक वार्ताका माध्यमबाट सबै सम्भावित विकल्पहरू खोजेका छौँ । तर, रुसी संघको स्थितिले हामीलाई कदम चाल्नुको विकल्प बाँकी राखेन। मिसन बन्द गर्नुहोस्,' पोल्यान्डका विदेशमन्त्री एवं ओएससिईका अध्यक्ष जिबिग्निउ राउले भने।

युक्रेनी सरकारको अनुरोधमा संगठनले मार्च २०१४ मा पूर्वी युक्रेनमा आफ्नो विशेष पर्यवेक्षक मिसन पठाएको थियो । रासस/एएनआई