मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७९ बैशाख १७ शनिबार १०:१४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

औद्योगिक क्षेत्रमा चौबिसै घण्टा विद्युत् ठप्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७९ बैशाख १७ शनिबार १०:१४:००

पछिल्लो दुई दिनदेखि पूर्वसूचनाविना नै मोरङको औद्योगिक क्षेत्रमा चौबिसै घण्टा विद्युत् आपूर्ति ठप्प भएपछि उद्योगी–व्यवसायी विरोधमा उत्रिएका छन् । तीन व्यावसायिक संस्थाहरू मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले संयुक्त वक्तव्य जारी गर्दै विद्युत् आपूर्ति नियमित नभए अत्यावश्यक वस्तुलगायत सम्पूर्ण उत्पादन प्रक्रिया नै ठप्प हुनेतर्फ सचेत गराएका छन् । 

पूर्वसूचनाविनै विद्युत् अवरुद्ध हुँदा समस्या निम्तिएको बताउँदै तीनवटा संगठनले विद्युत् आपूर्तिको अवस्थालाई यथार्थ प्रस्तुत गरी लोडसेडिङ तालिका सार्वजनिक गर्न अनुरोध गरेका छन् । ‘उद्योग सञ्चालनमा अक्सिजनको भूमिका खेल्ने विद्युत्को पटक–पटक आपूर्ति बन्द गरिदिँदा उत्पादनका क्रममा रहेको कच्चा पदार्थ खेर जानुका साथै श्रमिकहरूको कार्य व्यवस्थापनमा समेत कठिनाइ भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गरेर उद्योग सञ्चालन प्रक्रिया सहजीकरण गरिदिन अनुरोध छ ।’

स्वदेशी विद्युत् उत्पादन क्षमताको अधिकतम उपयोग गर्नुपर्ने, विद्युत्को न्यायोचित वितरण गर्नुपर्ने, विद्युत् आपूर्ति बन्द भई कलकारखाना नै ठप्प भएको समयमा विद्युत् डिमान्ड शुल्क लगाउनु उपयुक्त नभएको हुँदा उक्त समयको डिमान्ड शुल्क खारेज गरिनुपर्ने, कूटनीतिक पहलबाट समाधान खोज्नुपर्नेलगायत सुझाव व्यवसायीले दिएका छन् ।