मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ बैशाख १६ शुक्रबार १३:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

११ वर्षीया बालिकामाथि जबर्जस्ती करणी प्रयासको आरोपमा एकजना पक्राउ

Read Time : < 1 मिनेट
२०७९ बैशाख १६ शुक्रबार १३:२५:००

रसुवामा ११ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार पक्राउ पर्नेमा जिल्लाको कालिका गाउँपालिकाका २५ वर्षीय गणेश विक रहेका छन्।

बालिकाका अभिभावकले दिएको जाहेरीका आधारमा विकलाई पक्राउ गरिएको चन्दले जानकारी दिए। अभिभावकहरू सबै काममा गएका वेला घरमा एक्लै रहेकी बालिकालाई विकले जबर्जस्ती करणीको प्रयास गरेका प्रहरीले जनाएको छ।

घटना बिहीबार साँझ ५ बजेको आसपासमा भएको र राति २ बजे नै विकलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको चन्दले बताए। घटनालगत्तै पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय कालिकास्थानमा उजुरी गरेका थिए। विकलाई रसुवा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।