मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख १५ बिहीबार ०९:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारीको मिलेमतोमा रुदीखोला जलविद्युत् आयोजनाकाे सामग्री चोरी गर्ने सात पक्राउ

Read Time : < 1 मिनेट
२०७९ बैशाख १५ बिहीबार ०९:१०:००

लमजुङ प्रहरीले लमजुङको क्व्होलासाेंथार गाउँपालिका ५ मा रहेको रुदीखोला जलविद्युत् आयोजना क्षेत्रबाट हेडरेस पाइपहरू चोरी गर्ने सातजनाको समूह पक्राउ गरेको छ । प्रहरीले गत शुक्रबार  रुदीखोला जलविद्युत् आयोजना क्षेत्रबाट हेडरेस पाइपहरू चोरी गर्न लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा रत्नचोक बस्ने वर्ष ३३ का नरेशकुमार साह, भारत घर भई पोखरा बस्ने वर्ष २२ का रूपेश साह,  तनहुँकाे म्याग्दी नगरपालिका ४ बस्ने वर्ष ३३ का तारा गुरुङ, धादिङ सिद्धलेख गाउँपालिका– ५ बस्ने वर्ष ४८ का मनोज भन्ने मंगले घले, तनहुँ भिमाद नगरपालिका– २ बस्ने वर्ष ३० का मनोज थापा र  म्याग्दी रघुगंगा गाउँपालिका– ५ बस्ने वर्ष २४ को मनीष पुर्जासहित सातजना छन् । 

आयोजनाकै सवारीचालक वर्ष ४६ का आकाश भन्ने दिलबहादुर घर्तीको संलग्नतामा चोरी भएको अनुसन्धानबाट खुल्न आएकाले दिलबहादुर घर्तीसहित सोही घटनामा संलग्न रहेका भारत घर भई हाल पोखरा बस्ने वर्ष ५० का पन्नालाल साहलाई बुधबार पक्राउ गरी जिल्ला अदालत लमजुङबाट म्याद थप भई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

भारत घर भई हाल पोखरा रत्नचोकमा रहेको कवाडीमा काम गर्ने नरेशकुमार साहले आयोजनाका फलामको पाइपहरू काट्न पोखराबाटै ट्रकसहित पाइप काट्ने उपकरण ल्याएका थिए ।

उनीहरूले आयोजनमा फलामको पाइपहरू ग्यास कटिङले काट्दै गरेको अवस्थामा फेला परेकाले सामान चोरी गरी लैजान नसकेको हुँदा उल्लेखित प्रतिवादीहरूउपर चोरी उद्योगसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।