Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार १०:१०:००
Read Time : > 1 मिनेट
अर्थ

हिमालय ऊर्जाद्वारा स्थानीयलाई सेयर बाँडफाँड  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार १०:१०:००

-अतिप्रभावितलाई : ३,९५,७७० कित्ता
 -प्रभावितलाई : ५,६४,८५० कित्ता

 
हिमालय ऊर्जा कम्पनी लिमिटेडले खिम्ती खोलामा निर्माण गरिरहेको जलविद्युत् आयोजनाका स्थानीय प्रभावितका लागि सेयर बाँडफाँड गरेको छ । रामेछाप र दोलखाको सिमानामा पर्ने खिम्ती खोलामा कम्पनीले निर्माण गरिरहेको माथिल्लो खिम्ती र अपर खिम्ती गरी १९ मेगावाट क्षमताको सो आयोजनाको सेयर स्थानीयका लागि बाँडफाँड गरेको हो ।

कम्पनीले अतिप्रभावित बासिन्दाका लागि ३ लाख ९६ हजार (४० प्रतिशत) कित्ता सेयर छुट्याएको थियो । २ हजार १ सय ३१ जना आवेदकले ५ लाख ७६ हजार ६ सय ३० कित्ता माग गरेका थिए । अतिप्रभावितमध्ये ५० कित्ता सेयरदेखि ४ सय ५० कित्ता सेयर माग गर्ने १ हजार ७ सय ४४ आवेदकलाई मागबमोजिम कुल २ लाख २१ हजार ६ सय २० कित्ता वितरण गरिएको हो ।

त्यस्तै, ५ सयदेखि ४ हजार ९ सय कित्तासम्म सेयर माग गर्ने सबै ३ सय ८७ आवेदकलाई ४ सय ५० कित्ताका दरले १ लाख ७४ हजार १ सय ५० कित्ता गरी जम्मा ३ लाख ९५ हजार ७ सय ७० कित्ता बाँडफाँड गरिएको छ । बाँकी २ सय ३० कित्ता सेयरका लागि ५ सय कित्तादेखि ४ हजार ९ सय कित्ता समूहमा आवेदन दिने सम्पूर्ण ३ सय ८७ जना आवेदकलाई एउटै समूहमा राखेर गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँड हुने गरी २३ जनालाई छनोट गरिएको छ । 

त्यस्तै प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ लाख ९४ हजार कित्ता (६० प्रतिशत) सेयर छुट्याइएको थियो । ४ हजार ९ सय ९ आवेदकमार्फत ६ लाख २२ हजार ३ सय ४० कित्ता सेयर माग गरिएकोमा ५० कित्तादेखि २ हजार २० कित्ता सेयर माग गर्ने ४ हजार ८ सय ९५ आवेदलाई मागबमोजिम कुल ५ लाख ६४ हजार ८ सय ५० कित्ता वितरण गरिएको छ । २ हजार ५ सय कित्तादेखि ४ हजार ९ सय कित्ता सेयर माग गर्ने सबै १४ आवेदकलाई २ हजार ८० कित्ताका दरले २९ हजार १ सय २० कित्ता गरी जम्मा ५ लाख ९३ हजार ९ सय ७० कित्ता वितरण गरिएको छ ।

बाँकी ३० कित्ता सेयरका लागि २ हजार ५ सय कित्तादेखि ४ हजार ९ सय कित्ता माग गर्ने आवेदक १४ जनामध्येबाट गोलाप्रथा गरी ३ जनालाई छनोट गरिएको छ । 

अतिप्रभावित गोकुलगंगा गाउँपालिका–१, जिरी–१ र २, प्रभावित गोकुलगंगा–२, ३, ४ र ५, जिरी–३, तामाकोसी गाउँपालिका–५ र ६, मन्थली–१३, जिरी–४ रहेका थिए । कम्पनीले ९ लाख ९० हजार कित्ता साधारण सेयर बाँडफाड गरेको हो ।