१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १३ मंगलबार १८:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्देशनविपरीत एमालेसँग तालमेल गरेपछि डडेलधुरा कांग्रेसका नेता मल्ल पार्टीबाट निष्कासित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १३ मंगलबार १८:४७:००

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ललाई कांग्रेसले पार्टीबाट निष्कासित गरेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका मल्ललाई पार्टीको विधानविपरीत गतिविधि गरेको भन्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको हो। 

स्थानीय तह निर्वाचनमा मल्लले गठबन्धन दलबीच मात्र तालमेल गर्न केन्द्रले दिएको निर्देशनविपरीत डडेल्धुरामा उनले नेकपा एमालेसँग तालमेल आफूनिकटलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए। सभापति देउवाकै गृहजिल्लामा मल्लले बागी उम्मेदवार उठाएपछि उनलाई कारबाही गरिएको हो। 

‘नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई विधानविपरीत गतिविधि गरेको हुनाले नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी पार्टीबाट हो,’ मुख्यसचिव पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।