मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख १२ सोमबार १६:५०:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

कर्णालीका ७९ मध्ये तीन पालिकामा महिलाको उम्मेदवारी

Read Time : < 1 मिनेट
२०७९ बैशाख १२ सोमबार १६:५०:००

कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये तीन पालिकामा महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका र कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रमुख पदमा महिलाले उम्मेदवारी दिएका हुन्।

एमालेको तर्फबाट सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकालले उम्मेदवारी दिएकी छिन्। वीरेन्द्रनगरको प्रमुखमा उम्मेदवारी दिएकी ढकाल यसअघि वीरेन्द्रनगरको उपप्रमुख पदमा रहेकी थिइन्।

यसैगरी, गठबन्धनका तर्फबाट दैलेखको नारायण नगरपालिकामा नेपाली कांग्रेसकी निर्मला खड्का र कालिकोटको खाँडाचक्र नगरपालिका पनि कांग्रेसकै तारा शाहीले उम्मेदवारी दिएका छन्। नारायण नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी खड्का यसअघि वडा सदस्य थिइन् भने खाँडाचक्रको प्रमुखमा उम्मेदवारी दिएकी शाही यसअघि ठेकेदार थिइन्।