१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ बैशाख १२ सोमबार १६:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतपुरको उपमेयरमा एमालेले राप्रपालाई सहयोग गर्ने

Read Time : < 1 मिनेट
२०७९ बैशाख १२ सोमबार १६:१५:००

चितवनको भरतपुर महानगरपालिकामा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेलको सहमति भएको छ। भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको हो।

सहमतिअनुसार राप्रपाले महानगरको वडा नम्बर १५ र २६ को वडाध्यक्ष पाउने छ। वडा नम्बर ४, ११, १६, १९ र २४ मा दुवै दलका वडाध्यक्ष उम्मेदवार रहनेछन्। यी वडामा मित्रवत् प्रतिस्पर्धा हुनेछ।

बाँकी केही वडामा एमालेका वडाध्यक्षसहित सदस्य हुनेछन् भने केही वडामा एमालेका वडाध्यक्ष र राप्रपाका दुई सदस्य उम्मेदवार रहने बताइएको छ।