मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १२ सोमबार ०८:३९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२४ सयको टेवा पाउँदै सेयर बजार ‘बाउन्सब्याक’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १२ सोमबार ०८:३९:००

साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ९५ दशमलव ५२ अंकले बढेर दुई हजार चार सय २० दशमलव ९६ बिन्दुमा पुगेको छ । कारोबार रकमसमेत बढाउँदै बजारले आकर्षक बाउन्सब्याक गरेको छ ।

यस दिन एक सय ९३ वटा कम्पनीको मूल्य बढेको छ । देशमा चुनावी माहोल सिर्जना हुँदा लगानीकर्ताको मनोबल उच्च भएकाले पनि बजार बढ्नलाई सहयोग पु¥याएको लगानीकर्ता तुलसीराम ढकालले बताए । कम्पनीहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक भइरहेको र बजार निकै तल्लो बिन्दुमा पुगिसकेकाले पनि बजार बढेको उनको भनाइ छ । ढकालले भने, ‘बजार बिस्तारै करेक्सन हुँदै बढ्ने माहोल बन्दै गएको छ ।’ 

यस दिन कारोबारमा आएका १३ वटै समूहका सूचक बढेका छन् । फाइनान्स समूहको सूचक आठ दशमलव ६० प्रतिशत, जलविद्युत् समूहको सात दशमलव ३२ प्रतिशत, विकास बैंक समूहको सूचक ६ दशमलव ५७ प्रतिशतले बढेका छन् । लगानीगत समूह, माइक्रो फाइनान्स समूह, निर्जीवन बिमा समूहको सूचक ३ प्रतिशतदेखि पाँच प्रतिशतले बढेका छन् । यस दिन १३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेसनल हाइड्रोपावर कम्पनी, बेस्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त, ग्रिन भेन्चर्स कम्पनी र पोखरा फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको हो । आँखुखोला जलविद्युत्  कम्पनी, नेपाल हाइड्रो डेभलपर, वरुण हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।

सेयर बजारमा आएको सुधारसँगै कारोबार रकम बढेको छ । लगानीकर्ताले बढेको बजारमा नाफा बुक गरेकाले पनि कारोबार रकम बढेको ब्रोकर बताउँछन् । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३८ कम्पनीको ६६ लाख ३९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ । सानिमा बैंकको प्रमोटर सेयर, शिवम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सात करोड रुपैयाँदेखि २२ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्रको मूल्य नौ दशमलव ८९ प्रतिशत र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य दुई दशमलव ८५ प्रतिशतले घटेको छ ।