मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मानदत्त रावल
२०७५ फाल्गुण २९ बुधबार ११:४९:००
Read Time : < 1 मिनेट
प्रदेश

बजेट नहुँदा जुम्लामा निर्माणाधीन अपांग पुनस्र्थापना केन्द्र अधुरै

Read Time : < 1 मिनेट
मानदत्त रावल
२०७५ फाल्गुण २९ बुधबार ११:४९:००

स्थानीय तहले बजेट विनियोजन नगरेपछि जुम्लामा निर्माणाधीन अपांग पुनस्र्थापना केन्द्र अधुरै रहेको छ । तत्कालीन जिल्ला विकास समितिले २९ लाखमा अपांग पुनस्र्थापना केन्द्र निर्माण थालेको थियो । त्यतिवेला १२ लाख विनियोजन गरेपछि काम सुरु गरिएको अपांग महासंघका केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले बताए । तर, देश संघीय संरचनामा गएपछि जिल्ला विकास समिति खारेज भयो । बजेट अभाव हुँदा अधुरै रहेको उनले बताए । 

स्थानीय तहले पुनस्र्थापना केन्द्रका लागि बजेट विनियोजन नगरेको अपांग पुनस्र्थापना तथा विकास केन्द्रले जनाएको छ । केन्द्रकै पहलमा तत्कालीन जिविसले पुनस्र्र्थापना केन्द्र निर्माण गर्न थालेको थियो । अहिले बजेट अभावका कारण अलपत्र अवस्थामा रहेको केन्द्रका अध्यक्ष नन्दराज धितालले बताए । ‘सहयोगीको खोजीमा छौँ,’ उनले भने । यसमा अपांगता भएका व्यक्तिलाई पुनस्र्थापना गर्ने र विभिन्न सीपमूलक तालिम सञ्चालन गरी स्वरोजगार बनाउने उद्देश्य रहेको अध्यक्ष धितालले बताए । 

४२ योजना पनि अलपत्र
तत्कालीन जिविस र जिल्ला प्राविधिक कार्यालयले सञ्चालन गरेका ४२ वटा विकास योजना पनि अलपत्र छन् । सडक, पक्की पुल, भवन, खानेपानी, सिँचाइ नहर, विद्यालय घेरबारलगायत योजना रहेका छन् । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले प्राविधिक कार्यालयमार्फत सञ्चालन गरेका ती योजना अहिले बजेट विनियोजन नहुँदा अलपत्र परेका हुन् । 

अलपत्र योजनामा सभाहल पनि छ । आठ करोड ५१ लाख ९५ हजार लागतको सभाहलको ५८ प्रतिशत काम सकिएको छ । आशिष र थेगिम जेभी, धनगढीसँग ६ करोड १९ लाख ४९ हजार ६ सय ६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । त्यसमध्ये तीन करोड ५९ लाख दुई सय ५६ रुपैयाँ खर्च भएको छ । थप बजेट नआउँदा सभाहल अधुरै रहेको हो ।