Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विदुर कटुवाल
२०७९ बैशाख ११ आइतबार १९:२८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कटारी नगरपालिका प्रमुखमा एमाले नेतृ राउतको बागी उम्मेदवारी दर्ता

Read Time : > 1 मिनेट
विदुर कटुवाल
२०७९ बैशाख ११ आइतबार १९:२८:००

उदयपुरको कटारी नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित निर्वतमान नगर उपप्रमुख भीमकुमारी राउतले नगर प्रुमखमा बागी उम्मेदवारी दर्ता गरेकी छिन् । एमाले प्रदेश १ सचिवालय सदस्यसमेत रहेकी राउतले पार्टीबाट नगर प्रमुख पदमा टिकट नपाएपछि आइतबार स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेकी हुन् ।
राउतको सर्मथक युवराज कार्कीले पार्टीले नगर प्रमुखको टिकट नदिएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको बताए । ‘उहाँ (भीमकुमारी राउत) महिलाबाट नगरप्रमुख पदको लागि योग्य व्यक्ति हुनुहुन्थ्यो, एमालेले उहाँलाई टिकट नदिएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।’

एमाले उदयपुरले कटारी नगरपालिकामा निवर्तमान नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ (काजी) लाई नगर प्रमुख र उपप्रमुखमा गीता खड्कालाई उम्मेदवारको टिकट दिएको छ । श्रेष्ठलाई टिकट दिएपछि एमाले कटारीमा विवाद सुरु भएको छ । निर्वाचन कार्यालय कटारीका निर्वाचन अधिकृत राजकुमार राउतले नगर प्रमुख पदमा केदारबहादुर राना, बालकृष्ण थापा र भीमकुमारी राउतले स्वतन्त्रबाट उम्मेदवारी दिएको बताए । उनले भने, ‘आइतबारसम्म चारजनाले नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ, जम्मा उम्मेदवारी दर्ता गराउने संख्या कटारीमा १२ जना रहेको छ ।’

त्रियुगा नगरपालिकामा नगर प्रमुख पदमा चौधरीको उम्मेदवारी दर्ता
त्रियुगा नगरपालिकामा निर्वतमान नगर प्रमुख बलदेव चौधरीले उम्मेदवारी दर्ता गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित चौधरीले नेकपा (एकीकृत समाजवादी) को चुनाव चिह्न कलमबाट उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
कार्यालयका अनुसार आइतबार त्रियुगा नगरपालिकामा चौधरी र तीन स्वतन्त्रबाट गरी चारजनाले नगर प्रमुख पदमा उम्मेदवारी दिएका छन् । यसैगरी त्रियुगा नगरपालिकाममा वडा अध्यक्षलगायत सदस्य पदमा गरी जम्मा २३ जनाको उम्मेदवारी दर्ता भएको छ । 

अन्य पालिकामा कति उम्मेदवारी दर्ता
जिल्लाका आठै पालिकामा सत्तागठबन्धनमा आबद्ध दलहरूमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छैनन् ।
स्थानीय तहमा रहेको निर्वाचन कार्यालयका अनुसार स–साना दलहरू र स्वतन्त्रबाट उम्मेदवार दिनेहरूले उम्मेदवारी दर्ता गरेका छन् । चौदण्डीगढी नगरपालिकाका निर्वाचन अधिकृत महेशकुमार दाहालका अनुसार नगरपालिकामा कुल ४३ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा तीनजनाको प्रमुख पदमा, दुईजनाको उपप्रमुख पदमा, १० वडा अध्यक्षमा र बाँकी सदस्यहरूमा उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी बेलका नगरपालिकाका निर्वाचन अधिकृत जनकराज पन्तका अनुसार सो नगरपालिकामा १४ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा दुईजना नगर प्रमुख, दुई नगर उपप्रमुख र बाँकी वडाध्यक्ष र सदस्यहरूको उम्मेदवारी दर्ता भएको छ । यसैगरी उदयपुरगढी गाउँपालिकाका निर्वाचन अधिकृत धनबहादुर कार्कीका अनुसार २६ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा तीनजनाले अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । बाँकी वडाध्यक्ष र सदस्यहरू रहेका छन् । जिल्लामा जम्मा एक सय १८ जनाको मात्र उम्मेदवारी दर्ता भएको छ । 

लिम्चुङबुङ, रौतामाई, र ताप्ली गाउँपालिकामा आइतबार कसैले पनि उम्मेदवारी दर्ता गरेका छैनन् । आठै पालिकामा आठजना प्रमुख तथा उपप्रमुख र आठैजना अध्यक्ष- उपाध्यक्षसहित तीन सय ९१ जना जनप्रतिनिधि उदयपुरमा चुनिनेछन् ।