मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख ११ आइतबार १८:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले रामेछापले टुंग्यायो सबै पालिका प्रमुखका उम्मेदवार

Read Time : < 1 मिनेट
२०७९ बैशाख ११ आइतबार १८:३४:००

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछापले जिल्लाका दुुई नगरपालिका र ६ गाउँपालिका गरी ८ वटै स्थानीय तहको प्रमुख र उपप्रमुख पदको टुंगो लगाएको छ । एमाले रामेछापले मन्थली नगरपालिकाको प्रमुखमा लब श्रेष्ठ र उपप्रमुखमा ईश्वरी बस्नेतलाई अघि सारेको छ । त्यसैगरी रामेछाप नगरपालिकाको प्रमुखमा रोशन पाख्रिन र उपप्रमुखमा सीता केसी, उमाकुुण्ड गाउँपालिकाको प्रमुखमा पुनः शेरबहादुर सुनुवार र उपाध्यक्षमा गंगा कार्कीलाई अघि सारेको छ

त्यसैगरी गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः यसअघिका अध्यक्ष खड्गबहादुुर सुनुवार र राधिका श्रेष्ठलाई नै उम्मेदवार बनाएको नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए । त्यस्तै लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा कमल कडेरिया र उपाध्यक्षमा दीपा पाख्रिनलाई उम्मेदवार बनाएको छ । दोरम्बा शैलुङ्ग गाउँपालिकाको अध्यक्षमा टंक चौलागाईं र उपाध्यक्षमा मुना कँडेल, सुनापति गाउँपालिकाको अध्यक्षमा ज्ञानकुमार योञ्जन र उपाध्यक्षमा रीता गौतम तथा खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङलाई उम्मेदवार बनाएको छ । 

नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार दिने व्यक्तिहरू छनोट गरेपछि जिल्लाका ६४ वटै वडाका वडाध्यक्षहरूका उम्मेदवारको टुंगो लगाउने काम भइरहेको नेकपा एमाले रामेछापले जनाएको छ ।