मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७९ बैशाख ११ आइतबार १४:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय तह चुनाव लड्न प्रदेश १ मा दुई सांसदले दिए राजीनामा 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ बैशाख ११ आइतबार १४:०३:००

नगरपालिका प्रमुखमा उम्मेदवारी दर्ता गराउन प्रदेश १ मा दुईजना एमाले  सांसदले पदबाट राजीनामा दिएका छन्। झापा १ ‘ख’मा  एमालेबाट निर्वाचित प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी र इलाम १ ‘ख’मा एमालेबाटै निर्वाचित सांसद काजीमान कागतेले आज पदबाट राजीनामा दिएका हुन्।  

दुवैजना सांसदले आइतबार प्रदेश सभामा लिखित रूपमा राजीनामापत्र बुझाइसकेको प्रदेश १ सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। सांसद बुढाथोकीलाई एमालेले झापाको मेचीनगर नगरपालिकाको र  सांसद कागतेलाई इलामको सूर्याेदय नगरपालिकाको प्रमुख पदमा सिफारिस गरेको छ। 

दुवैजनाले कानुनी व्यवस्थाअनुसार पालिकामा चुनावी प्रतिस्पर्धा गर्न सांसद पदबाट राजीनामा  दिएको बताएका छन्।