Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ बैशाख ११ आइतबार ०६:३६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

स्थानीयले पोल गाड्न नदिएपछि वितरण  केन्द्रले बिजुलीको लाइन काट्यो 

Read Time : < 1 मिनेट
२०७९ बैशाख ११ आइतबार ०६:३६:००

जुम्लाको चन्दननाथ नगरपालिका– २ र ५ कालेखोली क्षेत्रका स्थानीयले पोल गाड्न नदिएपछि विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले बिजुलीको लाइन काटेको छ । समन्वयमा पोल गाड्न खोजिए पनि स्थानीयले नदिएपछि केन्द्रले लाइन नै काटिदिएको हो ।

कालेखोली क्षेत्रमा सय केभिए एयरपोर्ट लोड सेन्टरबाट विद्युत् सप्लाई गरिए पनि पछिल्लो समय लोड धान्न नसकेको जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलले बताए । उनले भने, ‘लोड व्यवस्थापनका लागि कालेखोली क्षेत्रमा ट्रान्सफर्मर राख्न दुई महिनादेखि प्रयास गर्दा पनि पोलैपिच्छे विवाद भएपछि बिजुलीको लाइन काटिएको हो । विवाद समाधान नहुन्जेल कालेखोली क्षेत्रको बिजुली बन्द गरिएको छ ।’ लाइन काटिएको विषयमा स्थानीय प्रहरी प्रशासन र नगरपालिकालाई पनि जानकारी गराइएको उनले बताए ।

चन्दननाथ नगरपालिका– ५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले स्थानीयसँग समन्वय गरी पोल गाड्न दिने वातावरण सिर्जना भएको बताए । उनले भने, ‘ट्रान्सफर्मर २४ नम्बर बाहिनीनजिक राख्ने कुरा बुझिएको छ । अर्काे ट्रान्सफर्मर राख्ने भए पनि कालेखोलीनजिक सार्वजनिक शौचालयको छेउछाउमा राख्न जग्गा व्यवस्थापन गर्न सकिन्छ ।’