Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका राजविराज
२०७९ बैशाख १० शनिबार ११:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
२०७९ बैशाख १० शनिबार ११:५३:००

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ। जिल्लाको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित हुलाकी सडक खण्डमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा हनुमाननगर कंकालिनी नगरपालिका– ३ का ३० वर्षीय पप्पु यादव, २६ वर्षीय सन्दीप यादव र २८ वर्षीय रञ्जित यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

शुक्रबार मध्यराति हुलाकी सडक खण्डमा पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२४१ प. २२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र.१–०२०४१ प. ९५२४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार उनीहरू गम्भीर घाइते भएका  थिए।

उनीहरूलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि लगिएको र चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीका अनुसार दुवै मोटरसाइकल नियन्त्रणमा राखी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।