मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ९ शुक्रबार २१:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विद्युतीय सवारीसाधन प्रयोग गर्न मन्त्री पौडेलको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख ९ शुक्रबार २१:५८:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायुप्रदूषण कम गर्न विद्युतीय सवारीसाधनको प्रयोगलाई बढाउनुपर्ने बताएका छन् । विद्युतीय सवारीसाधनसम्बन्धी शुक्रबारको अन्तर्क्रियामा उनले  वायु प्रदूषण कम गर्न विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुपर्ने बताए । 

पेट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र आकासिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै मन्त्री पौडेलले विद्युतीय सवारीको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिए । ‘यातायात क्षेत्रमा प्रयोग हुने खनिज इन्धनबाट हुने मुद्रा बर्हिगमन, वैदेशिक निर्भरता, वातावरण प्रदूषण विश्वमा भएको जलवायु परिर्वतनको असर, हरित ग्यास तथा हानिकारक कणजन्य तत्वको उत्सर्जन गर्ने विषयजस्ता कार्यमा यातायात क्षेत्रबाट वातावरणमा उत्पन्न हुने नकरात्मक असरलाई न्यूनीकरण गर्दै हरित विकास गर्नुपर्ने आवश्यकता छ,’ मन्त्रीले भने । 

उनले  देशमा वायु प्रदूषण बढिरहेको बताउँदै प्रदूषण नियन्त्रणका लागि आवश्यक पर्ने उपयुक्त विधि पहिल्याउन अनुसन्धानकर्तालाई आग्रह गरे । ‘मूल्य वृद्धि र वायु प्रदूषण दिन प्रतिदिन बढिरहेको छ,’ मन्त्री पौडेलले भने, ‘अहिलेको अवस्थालाई मध्यनजर गर्दै विद्युतीय सवारीको प्रयोगलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ ।’