Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ९ शुक्रबार १९:०८:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले एसियाडको २३ खेलमा सहभागिता जनाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख ९ शुक्रबार १९:०८:००

चीनको होङ्झाउमा आगामी भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ संस्करणको एसियाली खेलकुद (एसियाड) मा नेपालले २३ खेलमा सहभागिता जनाउने भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुदमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष महेश्वरजंग गहतराजको अध्यक्षतामा आज बसेको बोर्ड बैठकले एसियाली खेलकुदमा सभागिता जनाउने खेल संख्या तय गरेको हो । 

एसियाली खेलकुदमा समावेश गरिने खेलमा तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो र ट्रायथलन रहेको छ । उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, पौडी र ब्याडमिन्टन खेललाई समावेश गरिने भएको छ । यस्तै ओलम्पिक नतिजाको आधारमा सुटिङ, विश्व वरीयताको आधारमा ब्याडमिन्टन र टी–२० विश्वकप खेलेको आधारमा क्रिकेट समावेश गर्न लागिएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताए ।  उनले दुई वर्षअघि नेपालमै सम्पन्न तेह्रौँ दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट खेल प्रर्दशन गरेको खेललाई एसियाडमा प्राथमिकता दिएको बताए ।  

 एसियाली खेलकुदका लागि अबको १० दिनभित्र खेलाडी छनोट गर्न राखेपले निर्देशनसमेत दिएको छ । एसियाली खेलमा २३ वटा खेलमा नेपालबाट १५० खेलाडी, २८ प्रशिक्षक र २० जना व्यवस्थापक रहने अनुमान गरिएको छ । त्यसैगरी बैठकले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगितामा दुई खेल प्रर्दशनीमा राखिने निर्णय भएको छ ।

जसमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्यान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास र तेक्वान्दो रहेको छ । त्यस्तै उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल फुलकन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन र प्याराग्लाइडिङ खेललाई समावेश गर्ने निर्णय गरेको छ । बैठकले छेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रूपमा नवौँ राष्ट्रिय खेलकुदमा समावेश गरेको छ ।