मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख ९ शुक्रबार ०९:५३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मुख्यमन्त्री महिला गोल्डकप, पुलिस फाइनलमा 

Read Time : < 1 मिनेट
२०७९ बैशाख ९ शुक्रबार ०९:५३:००

नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा पुलिसले आयोजक वनदेवी युवा क्लबलाई ३–० ले हराएको हो । पुलिसले फाइनलमा एपिएफको सामना गर्नेछ । 

पुलिसलाई अन्तिम दुई स्थानमा पु¥याउने क्रममा निर्मला विकले दुई गोल र रेखा पौडेलले एक गोल गरेका थिए । वनदेवी र पुलिसले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । पुलिसले मध्यान्तरपछि खेलमा सुधार ल्यायो । खेलको ४९औँ मिनेटमा निर्मलाले पुलिसलाई अग्रता दिलाइन् । ५६औंँ मिनेटमा रेखाले पुलिसलाई २–० को स्थितिमा राखिन् । ६५औँ मिनेटमा निर्मलाले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिस ३–० ले विजयी भयो । 

खेलमा पुलिसकी निर्मलाले म्यान अफ दी म्याच हुँदै पाँच हजार रुपैयाँ प्राप्त गरिन् । वनदेवी युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुनेछ । १० वैशाखसम्म सञ्चालन हुने गोल्डकपमा आठ टोलीको सहभागिता छ । गोल्डकपको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।