१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ८ बिहीबार १५:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तराईका जनताले एमालेलाई मात्र स्वागत गर्छन् : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ८ बिहीबार १५:४६:००

एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने दाबी गरेका छन्। बिहीबार काठमाडौंमा पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसपटकको स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका हुन्।

विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको आरोप लगाउँदै उनले अहिले तराई, मधेसमा एमालेको लहर आएको बताए। मधेस प्रदेश एमालेको मजबुत गढ बनेको भन्दै उनले स्थानीय तह निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरे।

‘हामी बहुमत ल्याउन सक्छौँ। अघिल्लो निर्वाचनमा पनि हामी सरकारमा थिएनौँ। तर, हामीले परिणाम राम्रो ल्याएका थियौँ। तराईमा हामीलाई प्रवेश गर्न दिइएको थिएन। यसपल्ट तराईमा एमालेलाई मात्र जनताले स्वागत गर्छन्। एमालेलाई मात्रै, अरूलाई स्वागत गर्दैनन्। मधेसमा अहिले एमालेको लहर आएको छ। त्यसकारण पहिलेको भन्दा स्थिति अहिले धेरै राम्रो छ। एउटा प्रदेशमै प्रवेश निषेध थियो एमालेलाई भने आज त्यो प्रदेश एमालेको सबभन्दा मजबुत गढको रूपमा अगाडि आइराखेको छ,’ ओलीले भने।