१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ बैशाख ८ बिहीबार १२:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा जन्ती बोकेको बस र टिपर ठोक्किँदा ३१ जना घाइते

Read Time : < 1 मिनेट
२०७९ बैशाख ८ बिहीबार १२:३०:००

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिराहाको गोलबजार नगरपालिका– ४ मा पर्ने मैनाबत्ती खोलानजिक जन्ती बोकेको बस र टिपर ठोक्किँदा ३१ जना घाइते भएका छन्। सप्तरीबाट जन्ती लिएर महोत्तरीको भंगहातर्फ गइरहेको ना.६ख ८२०१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको को.१ख ५४३४ नम्बको टिपर बुधबार राति करिब साढे १० बजेतिर एक–आपसमा ठोक्किँदा ३१ जना जन्ती घाइते भएकाे इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक राजु केसीका अनुसार बसमा रहेका जन्ती महोत्तरीको भंगहा नगरपालिका– ३ टिकुलियाका ४४ वर्षीय सुनिल सिंह, ६५ वर्षीय महेन्द्र चौधरी, गौशालाका ४५ वर्षीय लालो चौधरी, धनुषाका १२ वर्षीय अर्जुन चौधरी, दुवै गाडीका चालकसहित ३१ जना घाइते भएका छन्।

जन्ती लिएर गइरहेको बस र टिपर ठोक्किँदा घाइते भएकाहरूको स्थानीय लाइफ लङ हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्य रहेकाले बिहीबार दिउँसोसम्म डिस्चार्ज गरी घर पठाउने र त्यसमध्ये टाउको फुटेका र दाहिने हात भाँचिएका दुईजनालाई अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक केसीले जनकारी दिए।

पश्चिमबाट आउँदै गरेको टिपर अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा जन्ती बोकेको बससँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जन्ती बोकेको बस र टिपरका चालकसहित दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।